शनिवार, आश्विन १७ गते २०८३

आगामी १६ पुसमा महाधिवेशन गर्नुपर्ने गगन–शेखर पक्षको निष्कर्ष

शुक्रवार , कार्तिक १४, २०८२

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आगामी निर्वाचन अगावै नियमित महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

नेता डा. शेखर कोइरालाको विशाल नगरस्थित सम्पर्क कार्यालयमा शुक्रबार बिहान बसेको इतर समूहको बैठकले २१ फागुनको निर्वाचनअगावै पार्टीको १५औं महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको हो । ‘नियमित महाधिवेशन निर्वाचन अगाडि नै गर्नुपर्छ, ढिलोमा पुस मसान्तभित्र गरिसक्नुपर्छ भन्ने हाम्रो भनाइ हो,’ विशाल नगर बैठकमा सहभागी एक नेताले भने, ‘पुस १६ मा महाधिवेशनको मिति तोक्ने गरी भनेका छौं ।’

इतर समूहले आगामी पुस १६ गते महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका बनाउन र शुक्रबारको बैठकमा पेस गर्न महामन्त्रीद्वयलाई जिम्मा दिएको छ । ‘पुस १६ मा केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका ल्याउने, कार्यवाहक सभापतिसँग कुरा गरेर आजकै बैठकमा प्रस्ताव पेस गर्ने सल्लाह भएको छ,’ ती पदाधिकारीले भने ।

कोइरालासँगको बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेलगायत सहभागी थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार