शनिवार, आश्विन १७ गते २०८३

यस मञ्चबाट भन्छु मैले भाग लिन पाइनँ भने यो देशमा फेरि चुनाव हुँदैन : रेशम चौधरी

शुक्रवार , कार्तिक १४, २०८२

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशम चौधरीले आफू चुनावमा भाग लिन नपाए देशमा फेरि चुनाव नहुने दाबी गरेका छन् ।

शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आयोजना गरेको वृहत् राजनीतिक संवादमा बोल्ने क्रममा उनले आफूसहत लक्ष्मण थारु र धनिराम थारु लगायतले चुनाव लड्न नपाए फेरि पनि देशमा चुनाव नहुने बताएका छन् ।

चौधरीले भने, ‘चुनाव रेशम थारू, लक्ष्मण थारू र धनिराम थारूले यो चुनावमा भाग लिन पाएनन् भने म यस मञ्चबाट भन्छु यो देशमा फेरि चुनाव हुँदैन, सिंगो समूदायको विद्रोहलाई पन्छाएर चुनाव हुन्छ ? नेपाली कांग्रेस, नेकपा एमालेको इतिहास के थियो ? शेरबहादुर, ओली र प्रचण्डको इतिहास के थियो ? जेनजीको इतिहास के छ ?’

साथै, उनले अहिले आफूलाई चुनाव लड्न नदिने भनेर जेनजी अगुवा पुरुषोत्तम यादवले भन्दै हिँडेको बताउँदै त्यसप्रति आपत्ति जनाएका छन् ।

चौधरीले भने, ‘अहिले चुनाव लड्न दिन्नँ भन्छन् । पुरुषोत्तम यादवजीले भन्नुभयो, नेता हुन दिन्नँ भन्छन् । देश परिवर्तन गर्ने हामी, संविधानमा अधिकार ल्याउनुपर्छ भनेर लड्ने हामी, कलम चलाउनेले फैसला गरिदिने ? अनि त्यो फैसलालाई हामीले मानिदिनुपर्ने ?’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार