शनिवार, आश्विन १७ गते २०८३

कांग्रेसमा चर्को विवाद, केन्द्रीय समिति बैठक दुई दिनका लागि स्थगित

शुक्रवार , कार्तिक १४, २०८२

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक स्थगन भएको छ ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्माबीच महाधिवेशन कार्यतालिका ल्याउने विषयमा सहमति हुन नसक्दा बैठक स्थगन भएको हो । एक केन्द्रीय नेताले भने, ‘कार्यतालिकामा कुरा नमिलेर आइतबार दिउँसो १ बजे बस्ने गरेर बैठक स्थगन भयो ।’ कांग्रेसमा संस्थापन पक्ष चुनाव पश्चात् १५औँ महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउने पक्षमा छ ।

तर, महामन्त्रीद्वय सहितको समूह भने मंसिरमा नियमित महाधिवेशन गर्नेगरी कार्यतालिका ल्याउनुपर्ने अडानमा छन् । यो विषयमा कांग्रेस दुई धारमा बाँडिएको छ । कार्यतालिका ल्याउने विषयमा आज बिहान नेता शेखर कोइरालासँग पनि महामन्त्रीद्वयले संवाद गरेका थिए ।

१६ पुसमा केन्द्रीय महाधिवेशन नियमित गर्नेगरी कार्यतालिका ल्याउन सकिने र दबाव दिने निर्णय भएको थियो । त्यसपश्चात् महामन्त्रीद्वय र कार्यवाहक सभापति छलफलमा बसेका थिए । छलफल सहमतिमा नपुग्दा केन्द्रीय समिति बैठक स्थगन गरिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार