आइतवार, श्रावण २४ गते २०८३

गृहमन्त्री अर्यालको साथमा प्रधानमन्त्री कार्की, अन्तरिम सरकारले पनि दियो बालेनलाई ठुलै धक्का !

शुक्रवार , कार्तिक १४, २०८२

काठमाडौँ । जेनजी आन्दोलनपछि नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की हुनुमा बालेन शाहको ठुलो भूमिका छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन कै समर्थनमा कार्की प्रधानमन्त्री बन्न सफल भएकी हुन् । तर, आफ्नै समर्थनमा बनेको अन्तरिम सरकारले बालेनलाई ठुलै धक्का दिएको छ ।

गृहमन्त्री अर्यालले काम गर्न नसकेकाले उनलाई तत्तकाल पदबाट बर्खास्त गर्नुपर्ने बालेनको माग छ । गृहमन्त्री अर्यालले अहिले सम्म एउटा पनि राम्रो काम गर्न सकेका छैनन् । अर्यालले प्रहरीको समेत विश्वास जित्न सकेका छैनन । त्यसैले तत्काल गृहमन्त्री अर्याललाई पदबाट हटाउनु पर्ने बालेनले माग राखेका छन् ।

दुई पटक बालुवाटारमा प्रधानमन्त्री कार्कीलाई भेटेर बालेनले दबाब पनि दिएका छन् । तर, प्रधानमन्त्री कार्कीले बालेनको दबाबमा परि गृहमन्त्री अर्याललाई नहटाउने प्रष्ट पारेकी छन् ।  प्रधानमन्त्री सुशीला कार्कीको स्वकीय सचिवालयले कसैको दबाब वा प्रभावमा गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउने निर्णय हुन नसक्ने स्पष्ट पारेको हो ।

प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले बिहीबार विज्ञप्ति जारी गर्दै कसैको दबाब वा प्रभावमा यस्तो निर्णय हुन नसक्दैन उल्लेख गरेका हुन् ।

‘कसैलाई कुनै मन्त्री बनाउने वा हटाउने विषय विशुद्ध सम्मानीय प्रधानमन्त्रीज्यूको अधिकारक्षेत्रको विषय हो। कसैको दबाब वा प्रभावमा यस्तो निर्णय हुन पनि सक्दैन’, विज्ञप्तिमा उल्लेख छ ।

जेनजी आन्दोलनबाट व्यक्त जनादेशअनुरूप वर्तमान सरकार गठन भएको भन्दै सचिवालयले अहिलेको असामान्य परिस्थितिमा राष्ट्रको गहन जिम्मेवारी सम्हाल्न आएका गृहमन्त्री अर्याल आगामी निर्वाचन सम्पन्न गर्नका लागि वातावरण निर्माण गर्न, शान्ति सुरक्षा कायम राख्न र सुरक्षा संगठनहरूको मनोबल उच्च राख्न अहोरात्र खटिरहेका उल्लेख गरेको छ ।

प्रधानमन्त्री कार्कीले गृहमन्त्रीको प्रशंसा गर्नुबाटै बुझ्नु पर्छ- गृहमन्त्री अर्यालको पद सुरक्षित छ । तर, बालेनलाई भने धक्का लागेको छ । अब बालेनले कस्तो कदम चाल्छन् ? त्यो भने समयले बताउने नै छ । 

 

प्रतिक्रिया
सम्बन्धित समाचार