माओवादी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने आफ्ना कुरा राखेर हिँड्ने शैली नराम्रो भएको बताए। ‘बैठक राम्रोसँग सुरु भएको थियो, उहाँले आफ्नो कुरा राखेर उठेर हिँड्नुभयो,’ बैठक स्थलबाट बाहिरिँदै उनले, ‘त्यो शैली उहाँको नराम्रो हो। त्यो कसैलाई मनपर्ने शैली होइन।’
एकीकृत समाजवादीसँगको एकताबारे छलफल गर्न माओवादीले सचिवालय बैठक बोलाएको थियो। शर्माले भने एकीकृत समाजवादीसँगको एकताले माओवादी आन्दोलनको पहिचान मेटिने बताए। ‘यो पार्टी आन्दोलनमा सहिद, बेपत्ता, घाइतेहरू हाम्रो जग हो। त्यो भावनालाई कुन्ठित गर्ने गरि एकताको प्रयास भएको छ। यसले माओवादी आन्दोलनको पहिचान मेटिदै छ,’ उनले भने।