काठमाडौं। नेपाली लेग स्पिनर सन्दीप लामिछानेले यस पठक पनि होबार्ट हुरिकेन्सबाट ‘बिग बास लिग’ खेल्ने पक्का भएको छ। अष्ट्रेलियन फ्रेन्चाईज टिम होबार्टले बिहीबार नयाँ सिजनका लागि सन्दीपको सम्झौता नवीकरण गरिएको जनाएको छ।
होबार्टले पहिलो अन्तराष्ट्रिय खेलाडीको रुपमा सन्दीपलाई टिममा अनुबन्ध गरिएको जनाएको छ। सन्दीपले अघिल्लो सिजन होबार्टबाटै खेलेका थिए। सन्दीपले गत सिजन होबार्टका लागि ८ खेल खेल्दै ८ विकेट लिएका थिए।
त्यसअघि सन्दीपले मेलबर्न स्टार्सबाट बिग बास लिग खेलेका थिए। सन्दीप बिग बास लिग खेल्ने पहिलो नेपाली खेलाडी हुन्।