शनिवार, आश्विन १७ गते २०८३

बालेनलाई इंगित गर्दै शिक्षामन्त्री पुन भन्छन् : सर्को तानेको बेला केही नलेखौँ

आइतवार , कार्तिक १६, २०८२

काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले केही आशालाग्दा अभियन्ता र अगुवाहरूले सर्को तानेर बोल्ने तथा लेख्ने गरेको अनुमान गरेका छन् । 

सामाजिक सञ्जालमा उनले लेखेका छन्– ‘केहि केहि आशा लाग्दा अभियन्ताहरू र अगुवाहरूले बेला बेलामा सर्को तानेर बोलेको र लेखेको जस्तो जस्तो लाग्छ । सर्को ताने पनि केहि छैन । तर सर्को तानेको बेलामा केहि पनि नबोल्न र नलेख्न अनुरोध छ ।’

गएराति काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले सामाजिक सञ्जालमा अश्लील शब्दसहितको स्टाटस लेखेका थिए । बालेनको चौतर्फी आलोचना भइरहेको समयमा मन्त्री पुनले उनैलाई इंगित गरेर स्टाटस लेखेका हुन् । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार