शनिवार, आश्विन १७ गते २०८३

दुई दिनका लागि फेरि स्थगित भयो कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

आइतवार , कार्तिक १६, २०८२

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजका लागि तय गरिएको बैठक स्थगित भएको छ ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको प्रेस विज्ञप्ति अनुसार स्थगित बैठक अब २०८२ कात्तिक १८ गते मंगलबार दिउँसो १ बजे बस्ने भएको हो । बैठक पार्टीको केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्नेछ ।

विज्ञप्तिमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । महाधिवेशन कि नियमित महाधिवेशन, अनि त्यो कहिले गर्ने भन्ने विषयमा एक मत नबन्दा कांग्रेस बैठक प्रभावित बन्दै आएको छ ।

संस्थापन इतर पक्षका नेताहरू आउँदो पुस १६ मा नियमित महाधिवेशन गर्नुपर्ने पक्षमा छन् भने संस्थापन पक्ष फागुनको चुनावपछि महाधिवेशनमा जानुपर्ने पक्षमा छ ।

साझा एजेन्डा तय गर्न शनिबार बसेको पदाधिकारी बैठक पनि निष्कर्षविहीन भएको थियो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार