शनिवार, आश्विन १७ गते २०८३

पार्टीलाई बन्धक बनाउन पाइँदैन भन्दै युवा कार्यकर्ताले कांग्रेस केन्द्रीय कार्यालयमा लगाए ताला

आइतवार , कार्तिक १६, २०८२

काठमाडौं । नियमित महाधिवेशनको समय सार्वजनिक गर्न माग गर्दै युवा कार्यकर्ताले सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयको मूल गेटमा तालाबन्दी गरेका छन् ।

नियमित महाधिवेशनको माग राखेर उनीहरूले पार्टी कार्यालयको मूल गेटमा तालाबन्दी गरेका हुन् । उनीहरूले महाधिवेशनमा युवा प्रतिनिधित्वको सुनिश्चितता गर्न माग गरेका छन् । पार्टी अनिर्णियको बन्दी भएको भन्दै छिटो निर्णय गर्नका लागि युवाहरूले तालाबन्दीपछि प्रदर्शन समेत गरेका छन् ।

२८ असोजदेखि सुरु भएको केन्द्रीय समितिको बैठक पटक–पटक स्थगित हुँदै आएको छ । शुक्रबारका लागि बैठक डाकिएको थियो । तर बस्दै नबसी बैठक आजका लागि सारिएको थियो । तर आजको बैठक पनि नबसी मंगलबारका लागि सारिएको छ ।

केन्द्रीय समितिको बैठक फेरि स्थगित गरिएपछि कार्यालयमा ताला लगाउनु परेको विरोधमा सहभागी विद्यार्थी नेता भुवन भट्टले जानकारी गराए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार