विदेशबाट मतदानको सम्भावना, मतदाता नामावली, मतदानको प्रक्रिया र यसलाई सम्भव पार्नका लागि आवश्यक संयन्त्र, कानून र अन्य आवश्यक प्रक्रियाबारे छलफल गरिएको जनाइएको छ ।
विदेशमा रहेका नागरिकको मतदानका विषयमा विद्यमान कानूनी अवस्था, अन्य मूलुकको कार्यान्वयन अनुभव र चुनौतीहरूबारे प्रारम्भिक छलफलका लागि प्रतिष्ठानलाई आमन्त्रण गरिएको थियो ।
बैठकमा ‘आउट अफ कन्ट्री भोटिङ’का विषयमा नीति प्रतिष्ठानले अघि बढाएको अनुसन्धानको कार्यप्रगति र प्रयोग हुन सक्ने विधिहरू प्रस्तुत गरिएको थियो ।
विदेशमा हुने मतदान प्रक्रिया, हुन सक्ने सुरक्षा चुनौती, आवश्यक जनशक्ति र यसका कार्यान्वयनका लागि निर्माण हुनुपर्ने राजनीतिक वातावरण आदि विषयबारे समेत चर्चा भएको थियो ।