आइतवार, श्रावण २४ गते २०८३

फोटो खिचाउन गएकी मोडेल चितुवाको आक्रमणमा परी गम्भिर घाइते 

बिहिवार , भाद्र १०, २०७८

काठमाडौं । जर्मनीमा एउटा पशुशालामा फोटो खिचाउन गएकी महिलालाई चितुवाले आक्रमण गर्दा गम्भिर घाइते भएकी छिन् । पहिला प्रदर्शनीमा देखाइने गरेका वन्यजन्तुलाई अवकाशपछि राखिएको एउटा पशुशालाको चितुवाले आक्रमण गर्दा ३६ वर्षिय मोडल गम्भीर घाइते भएकी हुन् । 

जर्मनीबाट प्रकाशित हुने बिल्ड पत्रिकालाई उद्धृद गर्दै घाइते महिलाको नाम जेसिका लाइडोल्फ भएको बीबीसीले जनाएको छ । उनी फोटो खिचाउन त्यहाँ गएको भएपनि के प्रयोजनका लागि तस्बिर खिचाउन गएकी थिइन् र कसले व्यवस्थापन गरेको थियो भन्ने समाचारमा खुलाइएको छैन । 

घाइते जेसिकाको टाउकोमा गम्भीर चोट लागेको छ । फोटो खिचाउन गएको ठाउँमा ट्रोय र पारिस नामक दुईवटा चितुवा भएको बताइएको छ । प्रहरीका अनुसार उक्त घटना मङ्गलवार भएको थियो र ती मोडलको अहिले अस्पतालमा उपचार भैरहेको छ ।

सो पशुशालाहरुमा ती जनावरहरू गेम अफ थ्रोन्सदेखि बीएमडब्ल्यूको विज्ञापनमा देखा परेका छन् । ट्रोय र पारिस प्लाज्मा टीभीको विज्ञापनमा प्रयोग भएका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार