शनिवार, आश्विन १७ गते २०८३

निर्वाचनका लागि थपिए एक लाख मतदाता

सोमवार , कार्तिक १७, २०८२

काठमाडौँ । आगामी फागुन २१ हुने संसदीय निर्वाचनका एक लाख नयाँ मतदाता थपिएका छन्।

निर्वाचन आयोगका अनुसार २०६४ फागुन २० सम्म जन्मिएका नेपाली नागरिकले फागुन २१ को निर्वाचनमा भाग लिन सक्ने छन्। आयोगले अनलाइनबाट मतदाता नामावलीमा नाम राख्न सकिने व्यवस्था मिलाएको छ।

आयोगले एक लाख चार सय ७५ जना नयाँ मतदाता थपिएको जनाएको छ । यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा एक करोड ८० लाख मतदाता थिए।

आयोगले मतदाता नामावलीमा नाम राख्न आगामी कात्तिक ३० सम्मको समय दिएको छ। कात्तिक ३० पछि अनलानइनबाट फाराम भर्न नसकिने व्यवस्था आयोगले मिलाएको छ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार