काठमाडौँ । गोपाल किराँती नेतृत्वको देशभक्त समाजवादी मोर्चा माओवादी केन्द्रमा समाहित भएको छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र मोर्चाका अध्यक्ष किराँतीले सहमती पत्र सार्वजनिक गर्दै किराँती नेतृत्वको मोर्चा माओवादी केन्द्रमा समाहित भएको जानकारी दिएका हुन्।
कात्तिक १५ गते नै दुई पक्षबीच यस्तो सहमती भए पनि पत्र भने आज मात्रै सार्वजनिक गरिएको हो। हाल नेपाली राजनीतिमा अभूतपूर्व जोखिम उत्पन्न भइरहेको र यो परिस्थितिलाई सही दिशातर्फ व्यवस्थित पार्न यस्तो निर्णय गरिएको सहमती पत्रमा उल्लेख छ।
‘जनयुद्धका बेला भन्ने गरिएको हरेक प्रतिकूलतालाई अनुकूलतामा बदल्ने नीति अन्तर्गत देशका कान्तिकारीहरुबीच एकता र ध्रुवीकरण प्राथमिक कर्तव्य हुन् आउँछ,’ सहमती पत्रमा भनिएको छ, ‘जसको पहलबाट संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, नेपाली समाजको प्रकृति अनुरुप विकास र अग्रगामी कार्यान्वयनमा दृढ प्रतिवद्धता व्यक्त गर्दछौँ।’