शनिवार, आश्विन १७ गते २०८३

माओवादी केन्द्रीय समिति बैठक आज, विभिन्न पार्टीसँगको एकता सहमति अनुमोदन गर्ने

मंगलवार , कार्तिक १८, २०८२

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक दिउँसो १ पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । आजको बैठकमा नेकपा एकीकृत समाजवादीसहित विभिन्न ९ दलबीच एकताका लागि भएको सहमति अनुमोदन गर्नेछ पार्टीहरूबीचको एकता घोषणा भोलि (बुधबार) दिउँसो १ बजे भृकुटीमण्डमा हुँदैछ ।

माओवादी केन्द्र, एकीकृत समाजवादी, महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, राजु कार्कीको नेकपा समाजवादी, सुभाषराज काफ्लेको जनसमाजवादी, चिरण पुनको नेकपा, कर्णजीत बुढाथोकीको माओवादी समाजवादी, प्रेमबहादुर सिंहको नेकपा साम्यवादी र गोपाल किरातीको माओवादी कम्युनिष्ट पार्टी नेपालबीच एकता हुन लागेको हो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार