शनिवार, आश्विन १७ गते २०८३

केन्द्रीय कार्यालय सानेपामा सुरु भयो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

मंगलवार , कार्तिक १८, २०८२

काठमाडौं । महाधिवेशन मितिमा विवाद हुँदा पटक–पटक स्थगित हुँदै आएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ ।

शुक्रबार देखि बस्न नसकेको नेपाली कांग्रेसको बैठक आजदेखि बस्न सुरु भएको छ । केन्द्रीय कार्यालय सानेपामा बैठक २८ असोजदेखि सुरु भएको थियो । बैठकमा १५ औं महाधिवेशनको मितिबारे छलफल हुने नेताहरुले बताएका छन् । महाधिवेशन २१ फागुनको चुनाव अघि गर्ने कि पछि गर्ने भन्नेमा कुरा मिलेको छैन् ।

महाधिवेशन चुनावअघि र वा पछि गर्ने विषयमा सहमति जुट्न नसक्दा केन्द्रीय समितिको बैठक आव्हान गर्ने र स्थागित हुँदै आएको थियो । शीर्ष तहका नेताहरुको शनिबार देखि निरन्तर बैठक बसेपनि महाधिवशेनका लागि साझा प्रस्ताव भने सहमति जुट्न सकेको छैन् । आज बसेको बैठकमा महामन्त्री गगन थापा चुनाव अघि महाविशेन गर्ने गरी प्रस्ताव लाने तयारीमा छन् ।

अर्कोतर्फ, संस्थापन पक्षबाट चुनाव पछि महाधिवशेन हुने गरी कार्यतालिका पेश गर्ने तयारी गरेको नेताहरुले जानकारी गराएका छन् । सहमतिको प्रयास स्वरुप गत शुक्रबार र आइतबारका लागि तोकिएका केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसी स्थगित गरिएको थियो । आजको बैठकमा महामन्त्री गगन कुमार थापा र संस्थापन पक्ष दुवैतर्फबाट महाधिवेशनको अलग–अलग कार्यतालिका पेश गर्ने तयारी छ ।

नेपाली कांग्रेसको संस्थापन पक्षको भेलाले १५औं महाधिवेशन वैशाख अन्तिम साता गर्ने प्रस्ताव गरेको छ । सोमबार नयाँ बानेश्वरमा बसेको कांग्रेस संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेलाले आगामी २५ देखि २८ वैशाखसम्म महाधिवेशन गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा लाने निर्णय गरेको थियो ।

संस्थापन इतरका नेताहरूले भने प्रतिनिधिसभा निर्वाचन अगाडि नियमित नत्र भने विशेष महाधिवेशन बोलाउनुपर्ने माग राख्दै आएका छन् । उनीहरूले विशेष महाधिवेशनका लागि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर समेत कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइ सकेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार