शनिवार, आश्विन १७ गते २०८३

आगामी २७–३० वैशाखसम्म पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने सहमहामन्त्री यादवको प्रस्ताव

मंगलवार , कार्तिक १८, २०८२

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षका तर्फबाट सहमहामन्त्री महेन्द्र यादवले आगामी २७–३० वैशाखसम्म पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका छन् ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समितिको बैठकमा संस्थापन पक्षका तर्फबाट सहमहामन्त्री यादवले वैशाखको अन्तिम साता पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका हुन् ।

यसअघि बैठकमा महामन्त्री गगन थापाले भने आगामी पुसमा नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका थिए । महामन्त्री थापाले १६१९ पुसभित्र महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका थिए ।

कांग्रेसमा संस्थापन र संस्ठापन इतर समूहले १५औं महाधिवेशन नियमित गर्ने तर, फरक(फरक मितिमा गर्न प्रस्ताव गरेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार