शनिवार, आश्विन १७ गते २०८३

जनार्दन शर्मा लगायतका नेतालाई पार्टीमा फर्किन प्रचण्डको आग्रह

मंगलवार , कार्तिक १८, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जनार्दन शर्मा लगायतका नेतालाई पार्टीमा फर्किन आग्रह गरेका छन् ।

विभिन्न ९ दलसँग बुधबार हुन लागेको पार्टी एकतासम्बन्धी प्रस्ताव पारित गर्न मंगलबार बसेको महाधिवेशन आयोजक समितिको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले शर्मालाई पार्टीमा फर्कन आग्रह गरेका हुन् । एकता सम्बन्धी प्रस्ताव पारित गर्न माओवादीको बैठक चलिरहँदा शर्माले माओवादी त्यागेको घोषणा गर्दै छुट्टै पत्रकार सम्मेलन गर्दै प्रगतिशील अभियान, नेपाल नामको अभियान घोषणा गरेका थिए ।

केही वर्षदेखि पार्टीभित्र नेतृत्व परिवर्तनको बहस गर्दै आएका शर्माले माओवादी त्यागेसँगै राजनीतिमा युवा पुस्तालाई स्थापित गराउन अभियान चलाउने बताएका छन् । अब देशको नेतृत्व युवा पुस्ताको हातमा आउनु पर्ने भन्दै शर्माले राजनीतिमा युवा पुस्तालाई स्थापित गर्न अभियान चलाउने उद्घोष गरे । पत्रकार सम्मेलनमा शर्मासँगै राम कार्की, अञ्जना विशुंखे पनि थिए ।

त्यसरी गएका नेताहरूलाई आयोजक समितिको बैठकमार्फत् प्रचण्डले बुधबार आयोजना हुने एकता घोषणा सभामा सहभागी हुन अपिल गरे । प्रचण्डले भने, ‘पार्टी नेतृत्व भनेको नमर्दासम्म अध्यक्ष पदमा रहिरहने, झुण्डिरहने भन्ने कुरा सहि होइन ।’

उनले थपे, ‘विश्वभरका क्रान्ति, प्रतिक्रान्ति दुवैले यो शिक्षा दिएको छ । हामी पनि त्यसबाट सिक्नेछौं ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार