काठमाडौँ । बहुविवाहको मुद्दामा अदालतबाट दोषी ठहर भएका नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ परेका छन्।ताप्लेजुङका शेर्पालाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले मंगलबार धुम्बाराहीबाट पक्राउ गरेको हो।
बहुविवाहको मुद्दामा तीन वर्ष पहिले नै अदालतले दोषी ठहर गर्दै एक वर्ष कैद र ५ हजार रुपैयाँ जरीवाना तोके पनि शेर्पाले शक्तिको आडमा अदालतलाई नै ओझेलमा पारेका थिउ । तर मंगलबार उनलाई सजाय भुक्तानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए।
जिल्ला अदालत काठमाडौँको फैसलाविरुद्ध उनी उच्च अदालत पटन पुगेका थिए। उच्च अदालतले पनि जिल्लाकै फैसला सदर गरेको थियो।