शनिवार, आश्विन १७ गते २०८३

रामकुमारी झाँक्री समूह एमालेमा फर्किने घोषणा गर्दै

बुधवार , कार्तिक १९, २०८२

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)सहितका वाम दलहरूसँगको एकता प्रक्रियामा सहभागी नहुने पक्षमा रहेका नेकपा (एकीकृत समाजवादी)को एक समूहले बुधबार पत्रकार सम्मेलन गर्दैछ ।

माधव कुमार नेपालसँग माओवादीसहितको एकतामा नगएका र घनश्याम भुसालसँग पार्टी पुनर्गठनमा समेत नलागेका केही नेताहरू एमालेमै फर्किने तयारीमा लागेका हुन्।

नेतृ रामकुमारी झाँक्री लगायतका नेताहरूको समूहले बुधबार बिहान १० बजे बसेरा होटलमा पत्रकार सम्मेलन गर्न लागेका हुन् । पत्रकार सम्मेलनमा झाँक्री लगायतले एमालेमा फर्कने घोषणा गर्ने जनाइएको छ ।

नेताहरु किसान श्रेष्ठ, अम्बर बहादुर थापा, गम्भीरलाल श्रेष्ठ, पिताम्बर तिम्सिना, अर्जुन राई लगायतका करिब १०० जना नेताहरुले एमालेमा फर्किएको घोषणा गर्ने तयारीमा छ । ‘हामी एमालेमा फर्कने समूहमा रहेकाहरूको पत्रकार सम्मेलन हुँदैछ,’ पूर्वमन्त्री किसान श्रेष्ठले भने।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार