शनिवार, आश्विन १७ गते २०८३

एकीकृत समाजवादीसँगको यात्रा आजैबाट सकिएको रामकुमारी झाँक्रीको घोषणा

बुधवार , कार्तिक १९, २०८२

काठमाडौँ । एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले आजबाट सो पार्टीसँगको यात्रा टुंगिएको बताएकी छन्। 

एकीकृत समाजवादी र माओवादी केन्द्रसहितका वाम दलबीच आज एकता घोषणा हुँदै गर्दा यो प्रक्रियाबाट अलग रहेकी झाँक्रीले आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै यस्तो बताएकी हुन्। 

‘एकीकृत समाजवादीसँगै अघि बढ्ने बाटो अवरुद्ध भएपछि उपयुक्त मार्ग पहिल्याएर नयाँ यात्रा अघि बढाउने अभियानमा हामी लागेका छौँ,’ झाँक्रीले भनिन्। 

उनले एमाले फुटेर एकीकृत समाजवादी बनाउँदा आफूले बीचमै यात्रा टुंग्याउन नसकेको भन्दै आज त्यो अवसर आएकोमा खुसीसमेत व्यक्त गरिन्। ‘आज एकीकृत समाजवादीसँगको यात्रा टुंगिँदा एक प्रकारले हामी खुसी नै छौँ,’ उनले भनिन्। 

संविधान र लोकतन्त्रमा संकट आएपछि एकीकृत समाजवादी निर्माण गरेको भन्दै उनले तर सो पार्टी सोचेअनुसार अघि बढ्न नसकेको र आफूहरूले त्यो पार्टीबाट चुनाव जित्नसमेत नसकेको उनले बताइन्। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार