शनिवार, आश्विन १७ गते २०८३

बयानका लागि सिंहदरबारस्थित जाँचबुझ आयोगको कार्यालयमा रवि लामिछाने

बुधवार , कार्तिक १९, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि सिंहदरबारस्थित जाँचबुझ आयोगको कार्यालय ल्याइएको छ ।

सहकारी ठगी अभियोगमा ललितपुरस्थित नक्खु कारागारमा रहेका लामिछानेलाई सिंहदरबार ल्याइएको हो । उच्चस्तरीय जाँचबुझ आयोगले उनीसँग बयान लिन सिंहदरबारस्थित आयोगको कार्यालयमा झिकाएको हो ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटना छानबिनका लागि सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको छ । गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा ललितपुरको नक्खु कारागारबाट बाहिर आएको विषयमा आयोगले बयान लिन लागेको हो ।

उक्त दिन लामिछाने कारागारले यहाँ सुरक्षा दिन नसक्ने भन्दै पत्र दिएको बताउँदै जेलबाट बाहिर आएका थिए । आयोगले लामिछानेकी पत्नी निकिता पौडेल र रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालसँग पनि बयान लिने तयारी गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार