शनिवार, आश्विन १७ गते २०८३

हामीले कहिले पनि पार्टी फुटोस् भनेर चाहेको होइनौं : झलनाथ खनाल

बुधवार , कार्तिक १९, २०८२

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूले कहिले पनि पार्टी फुटोस् भन्ने नचाहेको बताएका छन् ।

नेपाली कम्युनिस्ट पार्टीको एकता घोषणा सभामा पुगेका नेता खनालले पार्टीभित्र केही केही कुरा पसेका कराणले पार्टी फुटेको जिकिर गरेका छन् । खनालले भने, ‘हामी वाम एकता गर्न चाहन्छौं । हामीले कहिले पनि पार्टी फुटोस् भनेर चाहेको होइनौं, तर पार्टीभित्र केही केही कुरा पसे । त्यसले पार्टी फुटेको छ । जे पसेको छ । त्यसलाई निकालेर फ्याँक्नुपर्‍यो । त्यसकारण हामीले नयाँ संकल्प गरेर अघि बढ्नुपर्नेछ ।’

उनले कम्युनिस्ट एकतालाई कसैले जलाउन र टुटाउन नसक्ने बताएका छन् । उनले आफूले प्रचण्डसँग केही कुरा भनेको र त्यो मिलाउने प्रतिबद्धता भएपछि मात्रै एकता सभामा आएको बताएका छन् ।

खनालले भने, ‘मैले प्रचण्डलाई केही कुरा भनेको छ । कमरेड प्रचण्डलाई मैले त्यो भनिसकेको छु, हामी त्यो कुराहरू मिलाउँछौं भनेर प्रतिबद्धता उहाँले गर्नुभएको छ ।’

उनले सिंगो राष्ट्रको एकता, नेपालको एकता राष्ट्रको आवश्यकता रहेको बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार