शनिवार, आश्विन १७ गते २०८३

नारायणकाजी श्रेष्ठ भन्छन्– पार्टीलाई व्यापक रूपान्तरण र पुनर्गठन गर्नु आजको आवश्यकता हो

बुधवार , कार्तिक १९, २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले कम्युनिस्ट आन्दोलनको समस्यालाई समाधान गर्न ध्यान दिनुपर्ने जोड दिएका छन् ।

बुधबार भृकुटीमण्डपमा आयोजित एकता घोषणासभालाई सम्बोधन गर्दै उनले पार्टीलाई व्यापक रूपान्तरण गर्नुपर्नेमा जोड दिएका हुन् । नेता श्रेष्ठले भने, ‘नेपाली कम्युनिस्ट आन्दोलनमा धेरै समस्या छन् । ती समस्यालाई समाधान गरी कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन ध्यान दिनुपर्छ ।’

उनले थपे, ‘पार्टीलाई व्यापक रूपान्तरण र पुनर्गठन गर्नु आजको आवश्यकता छ । त्यस लगायत अहिले जेनजीको मुद्दालाई पनि ध्यान दिएर पार्टीका सबै सङ्गठनलाई युवालाई समेट्नुपर्छ ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार