शनिवार, आश्विन १७ गते २०८३

काठमाडौंमा सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै नेत्रविक्रम नेतृत्व समूहले प्रदर्शन गरे

बिहिवार , कार्तिक २०, २०८२

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले काठमाडौंमा प्रदर्शन गरेको छ ।

सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै नेकपाले र्‍यालीसहित प्रदर्शन गरेको हो । काठमाडौंमा बिहीबार दिउँसो सो पार्टीले प्रदर्शन र सभा गरेको हो ।

जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम लगायतका विषयमा पार्टीको धारणा आम जनतामाझ पुर्‍याउने उद्देश्यले सभा गरिएको नेकपाले बताएको छ ।

अहिले प्रदर्शन भृकुटीमण्डपमा पुगेर सभामा परिणत भएको छ । सभालाई महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार