काठमाडौं । जनगायक जेबी टुहुरे (जुठबहादुर खड्गी)को निधन भएको छ । मंगलबार कलंकीस्थित घरमा एक्कासी लडेपछि बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको हो । ७८ वर्षिय टुहुरेलाई मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दीर्घरोग समेत थियो ।
जनसांस्कृतिक महासंघका निवर्तमान अध्यक्ष सरल सहयात्रीका अनुसार संविधानसभा सदस्य समेत रहेका टुहुरेको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि दिउँसो साढे १ बजेदेखि २ बजेस्म्म पार्टी कार्यालय पेरिसडाँडामा राखिने छ । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।