शनिवार, आश्विन १७ गते २०८३

ओलीले एमालेमा फर्किन लागेका नेताहरुलाई भने- इज्जत र मानसम्मान हुन्छ

बिहिवार , कार्तिक २०, २०८२

काठमाडौँ । नेकपा माओवादी केन्द्रसहितको एकतामा सामेल नभएका एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य किसान श्रेष्ठ र रामकुमारी झाँक्रीसहितले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन्।  

श्रेष्ठ र झाँक्रीसहितले ओलीको नयाँ निवास भक्तपुरको गुण्डुमा पुगेर भेटेका हुन्। भेटमा आफूहरू एमालेमा फर्किन लागेको जानकारी ओलीलाई गराएको श्रेष्ठले बताए। 

उनले ओलीले पनि एमाले घर भएको बताउँदै फर्किन आग्रह गरेको बताए। 'तपाईंहरूको इज्जत र मानसम्मान पार्टीभित्र हुन्छ, तपाईंहरू घर फर्कनुस् भनेर ओलीले भन्नुभयो, ' भेटपछि श्रेष्ठले भने, 'घर फर्कने अभियान चलेको छ, कात्तिक २४ गते कार्यक्रम आयोजना हुनेछ, हामी बढीभन्दा बढी एमालेमा फर्किन्छौँ।' 

उनीहरूसँगै पोलिटब्युरो सदस्य पिताम्बर भण्डारी, नवराज पौडेल, अर्जुन राईसहित नेताहरू गुण्डु पुगेका पुगेका थिए। उनीहरूले ओ‌लीसँगै महासचिव शंकर पोखरेललाई पनि भेटेका छन्।  

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार