शनिवार, आश्विन १७ गते २०८३

रवि लामिछानेको मुद्दा : उच्च अदालत बुटवल इजलासले दियो यस्तो आदेश

बिहिवार , कार्तिक २०, २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति र पूर्वडीआईजी छविराज जोशीको मुद्दामा उच्च अदालत बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको फाइल झिकाउन आदेश दिएको छ ।

बिहीबार न्यायाधीशद्वय वासुदेव आचार्य र न्यायाधीश ओमप्रसाद अर्यालको इजलासले जिल्लाको आदेश र फाइल मिसिल झिकाउन आदेश गरेको छ ।

लामिछानेले आफूमाथि हुनसक्ने बिगो बराबरको रकम जम्मा गरेर थुनामुक्त हुन पाऊँ भन्ने मागको निवेदनमाथि जिल्लाको फाइल आएपछि सुनुवाइ हुनेछ । 

बिहीबारको सुनुवाइको क्रममा छविलाल जोशीतर्फका अधिवक्ता अपूर्व खतिवडाले बहस गर्ने क्रममा न्यायाधीशले मिसिल अपुग भएको भन्दै थप मिसिल झिकाएपछि मात्रै अर्को पेशी चढ्ने र सुनुवाइ अघि बढ्ने जानकारी दिए । फाइल झिकाउने आदेशपछि लामिछाने तर्फका कानून व्यवसायीको बहस भएन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार