आइतवार, श्रावण २४ गते २०८३

ट्रम्पले भने: मोदी मेरा साथी हुन्, भारतले रुसबाट तेल किन्न बन्द गरेको दाबी

शुक्रवार , कार्तिक २१, २०८२

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले रुसबाट तेल किन्न लगभग बन्द गरेको दाबी गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गरेका छन्।

बिहीबार ह्वाइट हाउसको पत्रकार सम्मेलनमा उनले भने, 'प्रधानमन्त्री नरेन्द्र मोदीले रुसबाट तेल किन्न लगभग बन्द गरिसकेका छन्। उनी मेरा साथी हुन्। म उनीसँग कुरा गर्नेछु।'

यस क्रममा ट्रम्पले फेरि एकपटक भारत र पाकिस्तानबीचको युद्ध आफूले रोकेको दाबी गरे। उनले भारत र पाकिस्तानबीचको द्वन्द्व रोक्न 'ट्यारिफलाई हतियारका रूपमा प्रयोग गरिएको' बताए। आफ्नो हस्तक्षेपका कारण भारत र पाकिस्तानबीचको द्वन्द्व २४ घण्टामै रोकिएको दाबी ट्रम्पले गरे।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार