बिहिवार, आश्विन १५ गते २०८३

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

शुक्रवार , कार्तिक २१, २०८२

काठमाडौँ । आज पनि सुनचाँदीको मूल्य बढेको छ। गएको मंगलबार र बुधबार लगातार घटेको सुनको मूल्य हिजो र आज लगातार बढेको हो।

सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँ बढेर दुई लाख ३८ हजार चारसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  हिजो पनि सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढेर दुई लाख ३७ हजार आठसय रुपैयाँ पुगेको थियो। 

अघिल्लो साता सुनको भाउ तोलामा १७ हजार दुईसय रुपैयाँ घटेको थियो।  गएको असोज १९ गतेदेखि असोज ३० गतेसम्म (१३ दिनको अवधिमा) सुनको मूल्य तोलामा ३४ हजार आठसय रुपैयाँ बढेको थियो।

गत वर्षको मंसिर १० गते एकैदिन सुनको मूल्य तोलामा १५ हजार नौसय रुपैयाँ घटेको थियो। आज चाँदीको मूल्य पनि बढेको छ। तोलामा १० रुपैयाँ बढेर चाँदीको मूल्य आज तोलाको तीन हजार २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार