शनिवार, आश्विन १७ गते २०८३

ओलीको प्रश्नः दुई महिनामा कति वटा पाँच दिन गए, भयो त भ्रष्टाचार नियन्त्रण ?

शुक्रवार , कार्तिक २१, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार बनेयता भ्रष्टाचार झन् बढेको दाबी गरेका छन् ।

शुक्रबार विद्वत् वर्गसँगको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । ओलीले भने, ‘नेपाली कांग्रेस र नेकपा एमाले दुई वटा प्रमुख पार्टी मिलेर स्थिरता र स्थायित्व राजनीतिक रूपमा ल्याए । त्यसमा करप्सन (भ्रष्टाचार) भइराखेको थिएन म भन्दिनँ, भइराखेको पनि हुनसक्छ, अहिले करप्सन भइराख्या छैन र ? कन्ट्रोल भयो त ?’

प्रधानमन्त्री हुनुअघि कार्कीले एउटा अन्तर्वार्तामा पाँच दिनमा भ्रष्टाचार नियन्त्रण हुन्छ भनेको अभिव्यक्तिलाई ओलीले स्मरण गराएका छन् । ओलीले भने, ‘पाँच दिन होइन, उहाँ प्रधानमन्त्री भएको त धेरै दिन भयो त ? २७ गते दुई महिना हुन्छ अहिले । दुई महिनामा कति वटा पाँच दिन गए ? भयो त करप्सन कन्ट्रोल ।’ अहिले भ्रष्टाचार झन् बढेको दाबी गरेका छन् । उनले भने, ‘झन् बढेको छ । यो उद्योगहरूलाई बन्द गराएको, त्यति पनि हामी बुझ्दैनौँ ?’

सरकारले उद्योग बन्द गर्नुअघि प्रयोग गरेको बिजुलीको बिल दिनु, पैसा असुल्न चुनौती नै दिए । उनले भने, ‘सरकारसँग त बिजुलीको बिल होला नि त ? हुन्छ नि त । तिम्रो यति प्रयोग गरेका छौँ प्रमाण दिनु । तर सरकारले कति बिजुली बाल्न दियो प्रमाण छैन् । यस्तो पनि हुन्छ ?’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार