शनिवार, आश्विन १७ गते २०८३

कुलमानले पार्टी कब्जा गर्न खोजेको रास्वपाको ठहर

शुक्रवार , कार्तिक २१, २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी कब्जा गर्ने नियतले सहकार्यको हात बढाउनेहरूको प्रतिवाद गर्ने बताएको छ।शुक्रबार चितवनको सौराहामा सुुरु भएको विस्तारित बैठकमा कार्यवाहक सभापति डीपी आर्यालले पेस गरेको राजनीतिक प्रतिवेदनमा पार्टी बनाउने चाहानालाई स्वागत गर्ने उल्लेख गरिएको छ। 

‘पार्टी स्थापना गर्दा अहिले नाम आएका सबैसँग सँगै जाऊँ भनेर कुरा गर्दाको साक्षी मै हुँ,’ अर्यालले प्रतिवेदनमा भनेका छन्, ‘तर, त्यसबेला उहाँहरूले पत्याउनु भएन। अहिले पनि हामी उहाँहरूलाई हार्दिकतापूर्वक स्वागत गर्न चाहन्छौं। तर, यो पार्टीको इतिहास र पहिचान उहाँहरूले पनि बुझ्नु पर्छ। पार्टी बनाउने चाहानालाई स्वागत छ। तर, ‘कब्जा’गर्ने नियतको चाहिँ खुला प्रतिवाद गर्छौं नै।’

प्रतिवेदनमा उल्लेख यो भनाइ विशेषगरि कुलमान घिसिङप्रति लक्षित देखिन्छ। नयाँ दल घोषणाको तयारीमा रहेका उनले रास्वपा कार्यकारी सभापतिको माग गरेका थिए। तर, उक्त सर्तले रास्वपासँगको उनको सहकार्यको सम्भावना लगभग सकिएको छ। त्यस्तै प्रतिवेदनमा पूराना तीन दलको बर्चश्व चोड्न वैकल्पिक राजनीतिक शक्तिहरुबीचको सहकार्य आवश्यक हुने भन्दै रास्वापले त्यसको नेतृत्व लिने उल्लेख गरिएको छ। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार