आइतवार, श्रावण २४ गते २०८३

जेनजी अभियान्ता छिन्नभिन्न : एकअर्काको कटाक्ष गर्नमा व्यस्त, सहिदको रगतले...

शुक्रवार , कार्तिक २१, २०८२

काठमाडौँ । जेनजी अभियान्ता सुदन गुरुङ र रक्षा बमबीच टकराब सुरु भएको छ । बिहीबार सामाजिक सञ्जालमार्फत सुदनले गृहमन्त्री ओमप्रकाश अर्यालमाथि आक्रोश पोखे । उनले आक्रोशका पोख्नुका साथै तत्तकाल पदबाट राजीनामा दिन गृहमन्त्रीलाई चेतावनी समेत दिए । 

सुदन गुरुङले गृहमन्त्री अर्यालको राजीनामा मागे लगत्तै जेनजी आन्दोलनकी एक अगुवा रक्षा बमले त्यसको खण्डन गरेपछि उनीहरुबीचको विवाद छताछुल्ल भएको हो । रक्षा बमले सुदनको मागप्रति बिमति जनाउदैँ आफूहरूले गृहमन्त्रीको राजीनामा होइन, परिणाम र काम चाहेको बताइन ।

 ‘हामी नागरिक सरकारको पक्षमा छौँ तर खबरदारी निरन्तर गर्छौँ’, उनले सामाजिक सञ्जालम मार्फत भनेकी छन्, गृहमन्त्रीको राजीनामा चाहँदैनौँ, परिणाम र काम चाहन्छौँ।’

यसअघि सुदन गुरुङले गृहमन्त्री अर्यालले काम गर्न नसकेको भन्दै पद छाड्नुपर्ने बताएका थिए। सुदनले जेनजीहरुले गृहमन्त्रीबाट राम्रो काम होला भन्ने आश समेत मारेको बताएका थिए । तर, रक्षा भने गृहमन्त्री अर्यालको पक्षमा खुलेकी छन् । अन्तरिम सरकारमा सहभागि मन्त्रीहरु मध्ये सबैभन्दा आलोचित मन्त्रीको सूचिमा छन्ओ-मप्रकाश अर्याल ।

अर्याललाई पदबाट हटाउनका लागि काठमाडौँ महानगरपालिकाका मयेर बालेन शाहले पनि दबाब दिइरहेका छन् । तर, प्रधानमन्त्री सुशीला कार्कीले गृहमन्त्रीलाई बर्खास्त गर्न आनाकानी गरिरहेकी छन् । यसैबीच डा. निकोलस भुसाल पक्राउ पर्दा उनी जस्तै भड्कीला अभिव्यक्ति दिदैँ हिड्ने एमाले नेता महेश बस्नेत भने पक्राउ परेका छैनन् ।

त्यसैले गृहमन्त्री अर्यालको कार्यशैलीमाथि सुदनले प्रश्न उठाएका हुन् । ‘अलोकप्रिय गृहमन्त्रीको लागि सन्देश’ भन्दै सुदनले सामाजिक सञ्जालमार्फत गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएका थिए ।

सुदनले भनेका छन्, ‘सहिदको रगत सम्झनुहोस् । नेपाल र नेपालीको आशा र आँसु सम्झनुहोस् । काम गर्न नसके पद छोड्ने गर्नुभएको वाचा सम्झनुहोस्।’

दुई महिना बितिसक्दा पनि कुनै हत्यारालाई पक्रन नसकेको सुदनको जिकिर छ ।तर, रक्षा भने गृहमन्त्रीको पक्षमा खुलेकी छन् ।
जेनजी आन्दोलनपछि जेनजी अभियान्ता छिन्नभिन्न भएका छन् । उनीहरु एक अर्काको कुरा काट्नमा व्यस्त देखिन्छन् । जेनजी अभियान्ताहरुनै एकजुट नहुँदा सहिदहरुको रगतले न्याय नपाउने हो की ? भन्ने आशंका उब्झेको छ । जेनजीको माग अनुसार बनेको अन्तरिम सरकारले फागुन २१ गते निर्वाचनको मिति तोकेको छ । तर, तोकिएकै समयमा निर्वाचन हुनेमा अन्यौल छ ।  

 

प्रतिक्रिया
सम्बन्धित समाचार