यसले ४० वटा व्यस्त विमानस्थलहरूमा घरेलु उडानहरूलाई असर गर्ने बताइएको छ। यद्यपि अधिकारीहरूले हवाई ट्राफिक नियन्त्रकहरूमाथिको दबाब कम गर्ने प्रयास गरिरहेका छन्।
बिरामी बिदा लिइरहेका वा अन्यत्र काम गरिरहेका कारण र संघीय सरकारको बन्दले उनीहरूलाई तलबबिना काम गर्न बाध्य पारेका कारण विमानस्थलहरूले हवाई ट्राफिक नियन्त्रकहरूको अभावको सामना गरिरहेका छन्।
संघीय उड्डयन प्रशासन (एफएए)ले देशमा घरेलु उडानहरूमा कटौती चार प्रतिशतबाट सुरु हुने र अर्को हप्ताको अन्त्यसम्ममा यसलाई बढीमा २० प्रतिशतसम्म बढाउन सकिने बताएको छ।
अमेरिकी संसद कङ्ग्रेसले गत सेप्टेम्बर ३० सम्म बजेट पारित गर्न असफल भएपछि सरकारी कोष रोकिँदै आएको छ । यसले सङ्घीय निकायहरूदेखि सर्वसाधारणको दैनिकीसम्म गम्भीर असर पारेको छ ।