स्थानीय अधिकारीहरूकाअनुसार दागेस्तान गणराज्यका प्रथम उपस्वास्थ्यमन्त्री नबी कुरायेभले रिपब्लिकन क्लिनिकल अस्पतालमा घाइतेहरूलाई भेटेका थिए। जसमध्ये एक जनाको अवस्था गम्भीर छ भने अर्कोको मध्यम छ।
दागेस्तान गणराज्यका प्रमुख सर्गेई मेलिकोभले हेलिकप्टरमा सात जना सवार रहेको पुष्टि गरेका छन्। सम्बन्धित अधिकारीहरूले दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको बताएका छन्।
अधिकारीहरूका अनुसार का-२२६ हेलिकप्टर दुर्घटनाका बेला आगलागी भई पूर्ण रूपमा ध्वस्त भएको छ। क्षेत्रीय आपत्कालीन सेवाका अनुसार उडानको इन्जिनमा आगो लाग्नु दुर्घटनाको प्राथमिक कारण मानिएको छ।
दागेस्तानका लागि रुसी आपतकालीन मन्त्रालयको मुख्य निर्देशनालयले विज्ञप्तिमा भनेको छ- किज्ल्यारबाट इज्बरबास जाँदै गरेको निजी हेलिकप्टर बसोबास नभएको घरमा ठोकिएको थियो।