‘गृह मन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय हो। कतिपय विषयमा के गर्दै छौँ त भन्नै मिल्दैन, के गर्यौँसमेत भन्न नमिल्ने अवस्था हुन्छ’, गृहमन्त्री अर्यालले भनेका छन्, ‘प्रचारमुखी मन्त्रालय नभएकाले चुपचाप बसेर आफ्नो शुद्ध चित्तले कर्म गरिरहनेबाहेक हामीसँग अरू विकल्प हुँदैन।’
यस्तै उनले निर्वाचनमार्फत मुलुकलाई निकाससम्म डोर्याउने यो सरकारको अभिभारा पूरा गरेरै छाड्ने प्रतिबद्धता पनि जनाएका छन्।
‘कार्यकालको अन्तिममा जनतालाई हामी धैर्यताका निम्ति धन्यवाद भन्ने छौँ’, उनले भनेका छन्, ‘पाइलैपिच्छे सुशासनको बाटो हिँडेर देशलाई निर्वाचनमार्फत निकाससम्म डोर्याउने यस सरकारको अभिभारालाई पूरा गर्नेछौँ।’