शनिवार, आश्विन १७ गते २०८३

एमालेले कात्तिक २५ गते पालिका स्तरमा जनप्रदर्शन गर्ने

आइतवार , कार्तिक २३, २०८२

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले यही कात्तिक २५ गते पालिकास्तरमा जनप्रदर्शनका लागि तयारी गर्न पार्टीका नेता- कार्यकर्तालाई निर्देशन दिएका छन्।

उनका अनुसार कात्तिक २५ गते एमालेले पालिका स्तरमा हुने प्रतिगामी षडयन्त्रविरुद्ध जनप्रदर्शन गर्ने भएको हो।  यसका लागि झन्डा, ब्यानर र प्लेकार्ड तयार गर्न, ह्यान्ड माइक वा हल्का खालको साउन्डको व्यवस्था गर्न, जनप्रदर्शनका लागि घनाबस्ती भएको बजार क्षेत्र चयन गर्न, जनप्रदर्शनको अन्त्यमा छोटो र प्रभावकारी कोणसभा गर्न र जनप्रदर्शनका भिडिओ/फोटो सामाजिक सञ्जालमा सेयर गर्न तथा सञ्चारमाध्यममा पठाउन एमाले महासचिव पोखरेलले एमालेजनलाई निर्देशन दिएका हुन्।

साथै जनप्रदर्शनमा तलका नारा प्रयोग गर्न उनले कार्यकर्तालाई आह्वान गरेका छन्। 

-प्रतिगामी षड्यन्त्र मुर्दावाद

-विघटित प्रतिनिधि सभा पुनर्स्थापना गर

-२३ र २४ को अपराधिक घटनाको निष्पक्ष छानबिन गर

-तोडफोड, लुटपाट, आगजनीमा संलग्न अपराधीलाई कारबाही गर।

-हत्या, हिंसा, आतंक बन्द गर

-नेकपा एमाले जिन्दावाद

-जनताको बहुदलीय जनवाद जिन्दावाद। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार