जसमध्ये कम्पनीले पहिलो चरणमा २ लाख ६१ हजार ६२९ कित्ता साधारण शेयर उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र ४ लाख ९७ हजार ९२ कित्ता साधारण शेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गरि बाँडफाँट गरिसकेको छ ।
त्यस्तै, कम्पनीले आफ्ना कर्मचारीहरुका लागि १ लाख ४९ हजार १२७ कित्ता र सामूहिक लगानी कोषहरुका लागि २ लाख ४८ हजार ५४६ कित्ता शेयर सुरक्षित गरेको छ । लगानीकर्ताले न्यूनतम १० र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्छन् ।
आवेदन आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखाहरू तथा मेरो शेयर मार्फत गर्न सकिनेछ । इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी डबल बी’ रेटिङ्ग दिँदै मध्यम जोखिम संकेत गरेको छ । प्रभु क्यापिटल आइपीओको निष्कासन तथा बिक्री प्रबन्धक रहेको छ, र सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सकिनेछ ।