शनिवार, आश्विन १७ गते २०८३

प्रचण्ड-माधवसँग भीम रावलले पनि मिलाए हात

आइतवार , कार्तिक २३, २०८२

काठमाडौं । माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत १्र० दलबीचको एकतापछि बनेको नेपाली कम्युनिस्ट पार्टी नेकपामा भीम रावलको मातृभूमि जागरण अभियान पनि समाहित हुने भएको छ ।

आज पुष्पकमल दाहाल प्रचण्ड माधव कुमार नेपाल र भीम रावललगायतको छलफलमा एक साता भित्रै एकता गर्ने सहमति भएको हो । 

हात्तीवनमा भएको छलफलमा रावलले एकताका लागि राष्ट्रिय स्वाधीनता मुख्य विषय हुने बताएका थिए। सुरुमा संयोजक प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालसँग रावलको संवाद भएको थियो । त्यसपछि भानुभक्त जोशी ,शेरबहादुर कुवर र प्रकाश ज्वाला पनि संवादमा बसेका थिए । २ घण्टा बढी भएको संवादपछि अगामी २६ वा २७ गते एकता गर्ने भन्ने विषयमा टुङ्गिएको छ ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार