शनिवार, आश्विन १७ गते २०८३

ओली भन्छन्- मंसिर २७ गते काठमाडौंबासीले नदेखेको र्याली र सभा हुनेछ

सोमवार , कार्तिक २४, २०८२

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर २७ मा पार्टीले विशाल र्‍याली निकाल्ने आशयको अभिव्यक्ति दिएका छन् ।

चार वर्षअघि एमाले छाडेर फर्किएक रामकुमारी झाँक्रीसहितका नेताहरूलाई स्वागत गर्न सोमबार राष्ट्रिय सभा गृहमा आयोजित ‘घर फर्क राष्ट्रिय अभियान’लाई सम्बोधनका क्रममा काठमाडौंमा विगतमा नदेखिएको र्‍याली निकाल्ने दाबी गरे ।

एमालले काठमाडौंमा मंसिर २७ गते पार्टीको ११ औं महाधिवेशन गर्ने तय गरेको छ । महाधिवेशनको उद्घाटन र्‍यालीबारे उनले भने, ‘काठमाडौंले नदेखेको र्‍याली र सभा मंसिर २७ गते हुनेछ ।’

एमालेको शक्ति कमजोर छ भनेर टिप्पणी गर्नेले त्यही कार्यक्रममार्फत् जवाफ पाउने पनि उनले जिकिर गरे । ‘एमालेको मुटु कमजोर छ भन्नेहरू कत्रो छ हेर्न आउनू । साँघुरो छ कि फराकिलो त्यस दिन देखिनेछ’, ओलीले थपे ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार