शनिवार, आश्विन १७ गते २०८३

मधेशका मुख्यमन्त्री यादव भन्छन् : बाध्यात्मक परिवेशमा बाटोमै शपथ लिनुपर्यो

मंगलवार , कार्तिक २५, २०८२

काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी बिरामी भएर काठमाडौं हिँडेपछि प्रदेशको र अहिलेको अवस्थालाई मध्यनजर गरेर बाटोमै शपथ ग्रहण गर्नुपरेको बताएका छन् । आफ्नो नियुक्ति संवैधानिक भएको पनि उनले बताए ।

सोमबार साँझ जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘प्रदेश प्रमुख बिरामी भएर काठमाडौं हिँडिसक्नुभयो भन्ने थाहा पाएपछि मैले फोन गरें- माननीय प्रदेश प्रमुख ज्यु तपाईं मलाई शपथ नखुवाई जान सक्नुहुन्न । म त बिरामी भएँ, कार्यवाहक मुख्यमन्त्रीज्युलाई भनेको छु भन्नुभयो । नियुक्ति दिने अनि शपथ नगराउने ? शपथग्रहण गराएर जानुपर्‍यो । तपाईं कहाँ हुनुहुन्छ, त्यहीँ आउँछु, त्यहीँ शपथ ग्रहण गराउनुस् भन्ने परिवेशमा भएको शपथ ग्रहण हो ।’

मुख्यमन्त्री यादवले नियुक्त मुख्यमन्त्रीले शपथग्रहण नगरेसम्म कार्यवाहक मुख्यमन्त्री नै नेतृत्वमा रहने भएकाले अहिलेको स्थितिलाई हेरेर शपथ ग्रहणका लागि आफू बाटोमै पुगेको उनले बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार