आइतवार, कार्तिक ९ गते २०८३

श्रीमतीलाई एसिड छ्याप्ने सञ्जीवलाई साढे १० वर्ष ६ महिना कैद, साढे ६ लाख जरिवाना 

बिहिवार , भाद्र १०, २०७८

काठमाडौं । धनुषामा आफ्नै श्रीमतीलाई एसिड छ्याप्ने श्रीमानलाई १० वर्षको कैद सजाय तोकिएको छ । धनुषाकी आरती साहलाई एसिड छ्याप्ने उनका पति सञ्जीव साहलाई जिल्ला अदालत धनुषाले कैद सजायसहित जरिवाना र क्षतिपूर्ति तिराउने फैसला सुनाएको छ ।

सञ्जीवलाई १० वर्ष ६ महिना कैद, ६ लाख ५० हजार रुपैयाँ जरिवाना र ६ लाख ५० हजार क्षतिपूर्ति तिराउने फैसला सुनाएको जिल्ला अदालत धनुषाका सूचना अधिकारी गंगाकुमार मिश्रले जानकारी दिए ।

गत साउन २५ गते जिल्ला अदालत धनुषाको इजलास नम्बर–३ का न्यायाधीश कृष्णमुरारी शिवाकोटीको एकल इजलासले आरतीका पति सञ्जीवलाई दोषी ठहर गरेको थियो । सोही घटनामा संलग्न रहेका एसिड बेच्ने व्यापारी नागेन्द्र साहलाई भने सफाइ दिइएको थियो ।

गत कात्तिक २९ गते दिपावली कै दिन जनकपुरधाम उपमहानगरपालिका–७ स्थित ससुरालीमा गएर सञ्जीवले २६ वर्षीया श्रीमती आरती साह र ३ वर्षीया छोरी रियामाथि एसिड प्रहार गरेका थिए । श्रीमान्ले एसिड प्रहारबाट गम्भीर घाइते भएपछि आरतीको जनकपुरमा उपचार हुन नसकि काठमाडौंमा उपचार गरिएको थियो । आरतीको शरीरको २५ प्रतिशत भाग जलेको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार