यसका लागि नेपाली कम्युनिस्ट पार्टीले बुधबार दिउँसो काठमाण्डुमा बृहत् पार्टी समायोजन कार्यक्रम आयोजना गर्दैछ । राष्ट्रिय सभागृहमा दिउँसो २ बजे कार्यक्रम राखिएको नेकपाका नेता गणेशमान पुनले जानकारी दिए।
रावललाई पार्टीमा नारायणकाजी श्रेष्ठपछिको वरीयता दिने सहमति भएको छ। रावलसँगै पूर्व सांसद प्रकाशबहादुर शाह पनि नेकपामा समाहित हुँदै छन्।
माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका १० वटा वामघटकबीच कात्तिक १९ गते भएको एकतापछि बनेको नेपाली कम्युनिष्ट पार्टीको परिलो वरीयतामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र दोस्रो बरियतामा माधवकुमार नेपाल छन्।
त्यसैगरि तेस्रो वरीयतामा झलनाथ खनाल छन् भने चौथो वरीयतामा वामदेव गौतम र पाँचौ वरीयतामा नारायणकाजी श्रेष्ठ रहने टुंगो लागेको छ। अब छैटौँ वरीयतामा रावल रहने छन् ।