शनिवार, आश्विन १७ गते २०८३

दुर्गा प्रसाईं समूहसँग वार्ता गर्दै सरकार

बुधवार , कार्तिक २६, २०८२

काठमाडौं । सरकारले दुर्गा प्रसाईं समूहसँग वार्ता गर्दैछ । मंसिरको पहिलो साताबाट आन्दोलनको घोषणा गरेको समूहसँग गृह मन्त्रालयले वार्ता गर्न लागेको हो । 

वार्ता गृह मन्त्रालयमै हुन लागेको जनाइएको छ । वार्तामा प्रसाईंका तर्फबाट माधवप्रसाद खतिवडासहित ६ जना रहनेछन् । प्रसाईं भने वार्तामा सहभागी छैनन् ।

खतिवडाले बाह्रखरीसँग संक्षिप्त कुरा गर्दै आफूहरु वार्ताका लागि गृह मन्त्रालय पुगिसकेको बताए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार