शनिवार, आश्विन १७ गते २०८३

केपीले हावा कुरा गर्छन्, एमाले छोडेर सबै यता आउँछन् : प्रचण्ड

बुधवार , कार्तिक २६, २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले छोडेर सबै नेताहरू आफ्नो पार्टीमा आउने दाबी गरेका छन् ।

बुधवार भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानसँगको सहमति पत्रमा हस्ताक्षर कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो दाबी गरेका हुन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले हावादारी कुरा गर्ने गरेको बताउँदै एमाले छोडेर सबै नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा आउने बताएका छन् ।

उनले नेपाली कम्युनिस्ट पार्टीमा १२ वटा राजनीतिक दलहरू समाहित भइसकेको बताएकधा छन् । प्रचण्डले भने, ‘१२ वटा समूह एक ठाउँमा आइसक्यौं । केपीले हावा कुरा गर्छन्, एमाले छोडेर सबै यता आउँछन् ।’

गत कात्तिक १९ गते नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहितका विभिन्न राजनीतिक दल र समूहहरूले नेपाली कम्युनिस्ट पार्टीमा एकीकरण भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार