शनिवार, आश्विन १७ गते २०८३

माधव नेपाल भन्छन्– आफूभित्रको विकृतिबारे आत्ममन्थन गरेनौँ भने नयाँ बोतलमा पुरानै रक्सी हुन्छ

बुधवार , कार्तिक २६, २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले देशमा जनतामा राजनीतिप्रति र नेताहरूप्रति बढ्दै गएको वितृष्णा गम्भीर चिन्ताको विषय भएको बताएका छन् ।

बुधबार भीम रावल लगायतका नेताहरूलाई भित्र्याउन नेपाली कम्युनिस्ट पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेताहरू र दलहरूले समयमै आत्ममन्थन नगरे पार्टीभित्रका विकृति र विसंगति झन् बलियो बन्दै जाने चेतावनी दिएका छन् ।

नेपालले भने, ‘हामीले बुझ्नुपर्छ– जनतामा राजनीतिप्रति किन वितृष्णा पैदा भइरहेको छ, निराशा किन बढिरहेको छ ?, यी सबैबारे आत्ममन्थन गरेनौँ भने पार्टीमा रहेका विकृति र विसंगतीहरू, नेता र कार्यकर्तामा रहेका विकृति, विसंगतिहरूलाई बिर्सियौँ भने फेरि नयाँ बोतलमा पुरानो रक्सी भन्ने भनाइ दोहोरिन बेर लाग्दैन् ।’

उनले प्रचण्डसँगको छलफलमा समेत आफूले पार्टीको रूपान्तरणका लागि गहिरो आत्मसुधार आवश्यक रहेको स्पष्ट बताएको उल्लेख गरेका छन् । नेपालले भने, ‘मैले प्रचण्डलाई पनि भनेको छु, हामी नयाँ र क्रान्तिकारी पार्टी बनाउँदैछौँ, यो परिवर्तन सजिलो छैन–यो आफैँबाट सुरु गर्नुपर्छ ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार