आइतवार, श्रावण २४ गते २०८३

भुटानबाट फर्किनेबित्तिकै मोदीले भेटे दिल्ली विस्फोटका घाइते, षड्यन्त्रकारीलाई न्यायको कठघरामा ल्याइने

बुधवार , कार्तिक २६, २०८२

काठमाडौँ । भुटानबाट फर्किनाथ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्ली विस्फोटका घाइतेलाई भेटेका छन् । बुधबार एलएनजेपी अस्पताल पुगेर मोदीले घाइतेहरुलाई भेटेका हुन् । 

सोमबार साँझ दिल्लीस्थित लालकिल्लानजिकै कार बम विस्फोट हुँदा १२ जनाको मृत्यु भएको छ २० जना भएका छन्। घाइतेहरूलाई दिल्लीकै एलएनजेपी अस्पताल भर्ना गरिएको छ। त्यहाँ पुगेर प्रधानमन्त्री मोदीले घाइतेहरूको स्वास्थ्य अवस्था बुझेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रधानमन्त्री मोदीले इन्स्टाग्राममा पोस्ट गरेका छन्, ‘दिल्ली विस्फोटमा घाइते भएकाहरूलाई भेट्न एलएनजेपी अस्पताल गएँ। सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्छु। षड्यन्त्रकारीहरूलाई न्यायको कठघरामा ल्याइनेछ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार