शनिवार, आश्विन १७ गते २०८३

नवनियुक्त आईजीपी कार्कीले आज पद सम्हाल्दै

बिहिवार , कार्तिक २७, २०८२

काठमाडौँ । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बिहीबारदेखि कमाण्ड सम्हाल्दैछन्।

३२ औँ महानिरीक्षक चन्द्रकुबेर खापुङ ३० वर्षे सेवाहदका कारण बुधबार अनिवार्य अवकाशमा गएसँगै कार्की नयाँ महानिरीक्षक बनेका हुन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई महानिरीक्षक नियुक्त गरेको थियो।

उनले बिहीबार नै गृह मन्त्रालयमा गृहसचिव रामेश्वर दंगालबाट दर्ज्यानी चिन्ह ग्रहण गर्नेछन्। त्यसलगत्तै दिउँसो प्रहरी हेडर्क्वाटर नक्साल पुुगेर पदभार गर्ने कार्यक्रम छ ।

३३ औँ महानिरीक्षकमा कार्कीले २०८४ चैत १७ सम्म नेतृत्व गर्नेछन्। निवर्तमान महानिरीक्षक खापुङको बुधबार बिदाइ भइसकेको छ। भदौ १९ गतेपछि ६९ दिन नेतृत्वमा बसेका खापुङमाथि जेनजी आन्दोलनका क्रममा अत्यधिक बल प्रयोग गरेको आरोप छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार