सरकारी वकिलले हसिनाविरुद्ध पाँच वटा गम्भीर आरोप लगाएका छन्, जसमध्ये सबैभन्दा गम्भीर हत्या, अपराध रोक्न असफलता र मानवताविरुद्धको अपराध हुन् ।
यो मुद्दाका अन्य दुई आरोपीहरू पूर्व गृहमन्त्री असदुज्जामान खान र पूर्व प्रहरी महानिरीक्षक चौधरी अब्दुल्ला अल–मामुन पनि छन् ।
सरकारी वकिलले उनलाई मृत्युदण्डको माग गरेका छन् । हसिनाको पार्टी अवामी लिगले बिहीबार दिनभर देशव्यापी तालाबन्दीको घोषणा गरेको छ ।
मुद्दालाई लिएर बढ्दो तनावका कारण बंगलादेशमा उच्च सतर्कता अपनाइएको छ । देशभरीका विमानस्थल र प्रमुख भवनहरूमा प्रहरी र सैन्य तैनाथी बढाइएको छ ।