शनिवार, आश्विन १७ गते २०८३

नियमित महाविधेशन नै सबैको एउटा मिलन बिन्दु हुनुर्पछ : भीष्मराज आङेदम्बे

बिहिवार , कार्तिक २७, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङेदम्बेले नियमित महाधिवेशन नै सबैको साझा मिलनबिन्दु हुनुपर्ने बताएका छन् ।

कांग्रेस केन्द्रीय कार्यालयमा जारी बिहीबारको बैठकमा धारणा राख्ने क्रममा उनले नियमित महाधिवेशन नै सबैको मिलन बिन्दु हुनुपर्ने बताएका हुन् । सहमहामन्त्री आङेदम्बेले भने, ‘नियमित महाधिवेशनबाटै हामी जानु पर्छ । नियमित महाधिवेशन नै हो, नियमित महाविधेशन नै सबैको एउटा मिलन बिन्दु हुनुर्पछ ।’ उनले २१ फागुनमा निर्वाचन हुने भए पार्टी निर्वाचनको तयारीमा लाग्नुपर्ने पनि बताएका छन् ।

चुनाव नभए आन्दोलनमा जानुपर्ने सहमहामन्त्री आङ्दम्बेको भनाइ थियो ।  उनले भने, ‘निर्वाचन भयो भने निर्वाचनको तयारी हामीले गर्नुपर्छ । निर्वाचन हुँदैन, आन्दोलनका निम्ति हामी तयार हुनुपर्छ, समयले चाहन्छ होला कि चाहँदैन होला, मलाई थाहा छैन् । तर, भोलि हामी आन्दोलनमा जाँदै गर्दा चाहेर पनि नचाहेर पनि मुद्दा संसद् पुनर्स्थानाकै हुन्छ ।’

सहमहामन्त्री आङ्दम्बेले हरेक कुराको टुंगो केन्द्रीय कार्यसमिति बैठकबाट हुनुपर्नेमा जोड दिँदै विशेष महाधिवेशनको पनि टुंगो पनि केन्द्रीय कार्यसमितिले नै लगाउनुपर्ने बताए । उनले भने, ‘म त के चाहन्छु भने केन्द्रीय समितिबाट हरेक कुराको टुंगो लागोस् । विशेष अधिवेशन पनि केन्द्रीय समितिबाट टुंगो लागेर जाओस्, विधानमा टेकेर, वैधानिकतामाथि उभिएर । भेरिफिकेसनसम्म पुग्ने अवस्था नआओस् ।’

सहमहामन्त्री आङ्दम्बे बैठकमा विगतमा कांग्रेस पार्टी विभाजन हुँदाको पीडा सुनाएका छन् । उनले भने, ‘पार्टी फुटको पीडा छ । यद्यपि, त्यतिखेर इतिहासले चिनेका नेताहरू हुनुहुन्थ्यो । आज इतिहासले चिनेको एउटा नेता स्वास्थ्य उपचारमा हुनुहुन्छ ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार