शनिवार, आश्विन १७ गते २०८३

कि निर्णय गराउनुपर्थ्यो, कि चुनाव नलड्नुपर्नेथ्यो मैले गल्ती गरेकै हो : गगन थापा

बिहिवार , कार्तिक २७, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीमा विरोध गरे पनि पछि त्यसैलाई स्वीकार्दै अघि बढेर आफूले गल्ती गरेको महसुस अहिले भएको बताएका छन् ।

पार्टीको केन्द्रीय कार्यसमितिको बैठकअन्तर्गत बिहीबार धारणा राख्नेक्रममा उनले विभिन्न घटनाको उदाहरण दिँदै आफूबाट गल्ती भएको बताएका हुन् । उनले पार्टीको १४औं महाधिवेशनबाट नेतृत्व फेर्न खोज्दा नसकेको पनि बताएका छन् । उनले भने, ‘म १३ औं महाधिवेशनमा पनि महामन्त्रीको उम्मेदवार थिएँ । १४औँ मापनि भएँ । १४औंमा शेखर कोइरालालाई सभापतिमा मत मागेकै हो । हालेकै हो । ०६८ सालदेखि शीर्ष नेताले विश्राम लिनुपर्छ भनेको रहेछु ।’

उनले थपे, ‘०७८ मा आइपुग्दा शेखर दाइलाई सभापति बनाउन खोजेको सकिनँ । यो बीचमा केही गलत भयो कि भन्ने लाग्छ । जसलाई फेर्नुपर्छ भनिस त्यसैसँग काम गरिस् भन्नु भएको छ । अस्ति म लखेटिँदा, घर जल्दा यी कुरा मिश्रित भएर आएको पाएँ । मैले पार्टीका विकृति भत्काउन पर्नेजति भत्काउन सकिँन् ।’ उनले गएको स्थानीय तहको चुनावको टिकट वितरणको उदाहरण पनि दिएका छन् ।

उनले भने, ‘एक स्थानीय तहको टिकटको वितरण गर्न सभापतिले बोलाउनुभयो । मैले भनेँ–यो स्थानीय तहको विषयमा यो पात्रलाई उम्मेदवार बनाउँदा ठूलो मूल्य चुकाउनुपर्छ । सभापतिले हुँदैन, मिल्दैन मैले ‍उम्मेदवार हो भनिसकेँ भन्नुभयो, यसपछि पनि मैले गल्ती गरेकै हो । मैले विरोध गरेँ अब सभापतिले भन्नुभयो भनेर बसेँ । म हुँदैन भनेर बस्नुपर्नेथ्यो ।’

नेकपा माओवादी केन्द्रसँगको चुनावी गठबन्धनबारे पनि उनले भने, ‘माओवादी केन्द्रसँग चुनावी गठबन्धन गर्नै हुँदैन भन्ने मेरो केही सैद्धान्तिक आधारहरू छन् । यसमा पनि मैले त गल्ती गरेकै हो । कि मैले निर्णय गराउनुपर्थ्यो । कि चुनाव नलड्नुपर्नेथ्यो । गल्ती गरेकै हो, प्रतिपक्षमा बस्ने प्रचण्डलाई गएर मत हालियो । मैले फरक मत राखेकै हो । सरकार बन्यो पार्टीको निर्णय भनेर गइयो ।’ त्यस्तै एमाले–कांग्रेसको गठबन्धन कुनै हालतमा गर्न हुँदैन भन्दा सभापतिले नटेरेको उनको भनाइ छ ।

उनले भने, ‘कुनै पनि हालतमा कांग्रेस–एमालेको सरकार बनाउनु हुँदैन भनेर भनेकै हो । गठबन्धनकोलकुरा पत्रिकामा पढेर थाहा पाएको मैले । सभापतिलाई प्राइभेट कम्पनी हो भनेको थेँ । निर्णय गरेर यसो भयो भन्ने ? भनेर जवाफ मागेकै हो, भइहाल्यो भाइ हिजो भनेको भए बिग्रिन्थ्यो । भनेर सभापतिले भन्नुभयो । मैले छोडेँ। यहाँ पनि मैले गल्ती गरेँ । अन्तिमसम्म लड्नु पर्ने थियो ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार